काठमाडौं आइपुग्यो मेलम्चीको पानी (फोटो फिचर)
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो ।

२७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।

शनिवार साँझ सुन्दरीजल पुगेका उनले पानी संकलन तथा प्रशोधन केन्द्रको समेत अवलोकन गरेका छन् । मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् । बालुवाटारमा पार्टी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यसहित सुन्दरीजल पुगेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्री लगायत सुन्दरीजल पुगेका थिए । सुन्दरीजल पुगेर शुरुमा सुरुङको अवलोकन गरेका प्रधानमन्त्री ओलीले पानी प्रशोधन केन्द्र हेरे । त्यसपछि उनले मेलम्चीबाट आएको पानी प्रशोधन केन्द्रमा छोड्नका लागि कन्ट्रोल प्यानलको स्विच थिचेका थिए ।

मेलम्चीबाट अब दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले अस्थायी बाँधबाट सुरुङमा पानी हालिएको र २ महिनाभित्र स्थायी बाँधबाट पानी पठाइने जनाएको छ ।

साढे ८ करोड लिटर पानी प्रशोधन क्षमतामा पानी प्रशोधन गरेर काठमाडौंमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताएका छन् । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडका ६ वटा पोखरीमा पानी पठाएर त्यहाँबाट पनि वितरण गर्ने तयारी गरिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण